वीरगन्ज, १ भाद्र । पर्सा जिल्लाको पोखरिया नगरपालिकाका मेयर र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)सहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरियाका मेयर दीपनारायण रौनियार र मेसु अनिल यादवसहितसहित पीसीआर काभ्रेको धुलिखेलस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरिया नगरपालिकाका मेयर रौनियारसहित वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादव, अस्पतालका अन्य २ डाक्टर, २ नर्ससहित ४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।
पोखरियाका एक जना पत्रकार पनि कोरोना संक्रमित भएका छन् । यस्तै मेयर रौनियारका परिवारका सदस्यसहित स्वकीय सचिव र सवारी चालक पनि संक्रमित छन् । पोखरिया अस्पतालका ७ डाक्टरमध्ये मेसुसहित ४ डाक्टर र ४ नर्समध्ये ३ नर्स संक्रमित भएका छन् ।
तपाईको प्रतिक्रिया