वीरगन्ज, २ पुस । मोतियाविन्द रोग निर्मूल पार्ने अभियानमा वीरगन्ज महानगरपालिका जुटेको छ ।
पर्सा जिल्लामा रहेका आँखा रोगिको निःशुल्क उपचार शिबिर अभियानै चलाई वीरगन्ज महानगरपालिकाले सुरु गरेको हो ।
मेयर कल्याणकारी कोषको आर्थिक सहयोग रमातृका आइ फाउण्डेसनको सहकार्यमा जिल्लाको विभिन्न स्थानिय तहमा स्वास्थ्य सिरिवको आयोजना गरी मोतिविन्दू रोगबाट ग्रसित रहेका विरामीको पहिचान गर्दै निशुल्क उपचार कार्यक्रमलाई अगाडि बढाइएको हो ।
जिल्लाको विभिन्न स्थानमा आयोजना गरिएका स्वास्थ्य सिविरमा पाँँच हजार भन्दा बढी महिला तथा पूरुषको परिक्षण गर्दा एक हजार भन्दा बढी मोतिविन्दू रोगका विरामी फेला परेको महानगरपालिकाले जनाएको छ ।
फेला परेका विरामीहरु मध्येपाँच सय ३६ जनाकोमंगलबार सम्मफेको पद्यतिबाट आँखा शल्यकृया सम्पन्न भएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया