चिसोपीडितलाई राहत दिन पाँच हजार ब्लाङ्केट माग

समाचार

12/23/2019

वीरगञ्ज, ८ पुस । केही दिनदेखि बढेको चिसोसँगै देशभरीको जनजीवन प्रभावित भएको छ । त्यसमा पनि तराईका विभिन्न ठाउँमा परेको शीतलहरले त्यहाँ अत्याधिक चिसोको महसुस भएके छ ।

पछिल्लो केही दिन यताको बढ्दो चिसो र शीतलहरको कारण पीडित बनेका पर्सा जिल्लाका घरधुरीलाई तत्काल राहत दिन जिल्ला विपत् व्यवस्थापन समितिले पाँच हजार थान ब्लाङ्केट माग गरेको छ । 

चिसोबाट तत्काल राहतका लागि पीडित परिवारलाई वितरण गर्न पर्सा जिल्लामा रहेका जिल्ला विपत् व्यवस्थापन समितिले केन्द्रीय विपत् व्यवस्थापन समितिसँग तीन हजार थान र प्रदेश विपत् व्यवस्थापन समितिसँग एक हजार पाँच सय थान तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखासँग पाँच सय थान ब्लाङ्केट माग गरेको हो । 

पर्साका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र वस्नेतका अनुसार मङ्सिर २७ गते बसेको पर्सा जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले शीतलहर तथा चिसोपीडित जनताको राहतका लागि पूर्वतयारी तथा प्रतिकारात्मक कार्यक्रम अनुमोदन गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ