पीडा बुझ्न किसानको खेतखेतमा पुगे सांसद दिलिप साह

समाचार

5/8/2020

सिरहा, २६ बैशाख । कोरोना भाइरसको मध्यनजर गर्दै नेपाल सरकारले जारी गरेको लकडाउनका कारण किसानहरु मारमा परेको बखत प्रदेश २ का सांसद दिलिप साहले किसानको समस्या बुझ्न किसानको खेतखेतमा पुगेका छन् ।

किसानका पीडा बुझ्दै सांसद साहले भने विश्वव्यापी महामारी कोरोना भाइरसको कारणले मानव जगत नै संकटमा परेको अवस्था छ ।

सरकारले जारी गरेको लकडाउनका कारणले सिरहा र धनुषाको सिमानामा रहेको कमला नदीको बगरमा फलफुल र तरकारी खेति गर्दै आएको किसानको लाखौको लागत समेत डुब्ने खतरामा रहेको छ ।

सिरहा जिल्लाका कमला नदीसंग जोडीएका बिभिन्न नगरपालिकाका किसानहरु कमलाको बगरमा बिभिन्न प्रकारका फलफुल तथा तरकारी खेति गर्दै आएका छन् ।

कर्जन्हा, कल्याणपुर, सिराहा नपा. लगायतका किसानहरु हजारौ बिगहामा लगाएका तरबुज र तरकारी अहिले बजारमा जानुपर्ने बेला बजार ब्यबस्थापन नभएर खेतमै कुहिने अबास्था सृजना हुँदा गम्भीर ध्यानाकर्षण भएको छ ।

तारबुजा, काँक्रों, करेला लगायतका काठमाडौ र इटहरीसम्म पुग्ने गरेपनि यस वर्ष बिक्रि गर्न नसकेको कारण तिन महिना देखिको मेहनत, लगानी खेतमै नष्ट हुने भएको छ ।

कर्जन्हा नगरपालिकामा मात्रै पाँच सय बिघामा भइरहेको तारबुजा र काँक्रोको खेती नष्ट हुने स्थितिमा छ । किसानहरुको लगानी डुब्ने तथा श्रणको भारी बोक्नु पर्ने अवस्था छ ।

तसर्थ, संघीय सरकार, प्रदेश २ सरकार लगायत सम्बन्धित सबै निकाय संग समयमै बजार ब्यबस्थापन र क्षतीको हिसाबले राहत उपलब्ध गरिदिन संसद साहले जोडदार माग समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ