नेपालगन्ज, २८ फागुन । कानुनले सार्वजनिक स्थलमा धुम्रपान र सुर्तीजन्य पदार्थ निषेध मात्रै गरेको छैन दण्डनीय पनि बनाएको छ ।
तर, भएको कानुनको पालना भएको पाइँदैन । सार्वजनिक स्थलमा निर्वाध सुर्तीजन्य पदार्थ र धुम्रपान हुँदै आएको छ । तर, बाँके प्रहरीले त्यसमा रोक लगाउने भएको छ । जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरेर सार्वजनिक स्थलमा धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ ।
प्रहरीले सार्वजनिक स्थलमा हुने सुर्तीजन्य तथा धुम्रपानका विरुद्धमा चरणबद्ध कारवाही अगाडि बढाउने भएको छ । ‘पहिलो सार्वजनिक स्थलमा धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्न पाइँदैन भनेर जनचेतनामूलक कार्यक्रम गर्नेछौं’, जिल्ला प्रहरी प्रवक्ता डिएसपी शिव बहादुर सिंहले भने, ‘त्यसपछि अटेरी गरे कानुनमा भएको व्यवस्था बमोजिम कारवाही अगाडि बढाइनेछ ।’
तपाईको प्रतिक्रिया