झापा, ४ जेठ । पूर्वी नेपालको काँकरभिट्टा पारिपट्टि सीमावर्ती भारतीय नाका पानीट्यांकीमा अलपत्र अवस्थामा रहेका नेपालीलाई जेठ ५ गते सोमबारबाट नेपाल ल्याइने भएको छ ।
प्रदेश १ का मन्त्रीहरु, स्थानीय तहका जनप्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरुबीच भएको छलफलले सीमावर्ती भारतीय नाका पानीट्यांकीमा अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई नेपाल आउन दिने निर्णय भएको हो ।
उनीहरुलाई ल्याएर स्वास्थ्य परीक्षण गरेपछि कोरोना नभएको निश्चित गरेर मात्रै गन्तब्यसम्म जान दिइने प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
अन्य जिल्लाका नेपालीहरुलाई कोरोना भाइरस संक्रमण नभएको सुनिश्चि भएपछि जिल्लाका सदरमुकामसम्म पु¥याउने व्यवस्था गरिने निर्णय भएको छ ।
तपाईको प्रतिक्रिया