काठमाडौं, २६ मंसिर । पिछडा वर्ग हकअधिकारका लागि आवाज उठाउँदै आएका नेपाल पिछडावर्ग विद्यार्थी संघका अध्यक्ष प्रकाशमणी राउतलाई छिमेकी मित्रराष्ट्र भारतमा सम्मान गरिएको छ ।
राउतलाई नेशनल एनटी क्राइम्स एण्ड ह्युमन राइट्स काउन्सिल अफ इन्डियाले मंगलबार भारतमा सम्मान गरेको हो ।
राउतलाई काउन्सिलका अध्यक्ष देवास लामा र उपाध्यक्ष सैकात हुसैन मिर्जाले गोल्ड प्लेट वितरण गरेका हुन् ।
राउतले यसअघि पनि भारतका विभिन्न संघ संस्थाहरूबाट अन्तर्राष्टिय स्तरको पुरस्कार पाइसकेका छन् । राउतसँगै वाबुराम अर्याल पनि सोही पुरस्कारबाट सम्मानित भएका छन् ।
अर्याल फिल्म निर्देशक तथा समाजसेवी हुन् । सो कार्यक्रममा नेपालसहित भारत, मलेसिया, श्रीलंका, इन्डोनिसेसिया लगायतका ११ देशका युवा सहभागी थिए ।
तपाईको प्रतिक्रिया