सप्तरी, १८ असार । घरको ईट्टाको पर्खाल लड्दा सोही पर्खालले च्यापिएर खडक नगरपालिका–१ बस्ने राजकुमार मण्डलको १० वर्षीय छोरा शिव कुमार मण्डलको बिहीबार दिउँसो मृत्यु भएको छ ।
सोही नगरपालिकास्थित सिस्वा वडा कार्यालयद्वारा भित्रि बाटो बनाउने क्रममा उक्त नगरपालिकाको ष.२ क९६८ नम्बरको रोलरले बाटो सम्याउने क्रममा रोलरको कम्पनले बाटो छेउमा रहेको बाबुलाल झाको घरको ईट्टाको पर्खाल लड्न जाँदा शिव कुमार मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।
हाल फरार रहेका रोलरकाचालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया