जनकपुरधाम, १९ चैत । कोरोना महामारी नियन्त्रण तथा यसका पीडितहरुलाई सहयोग गर्ने उद्देश्यका साथ प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले रकम जम्मा गरेको छ ।
सिटिजन्स बैंक प्रादेशिक कार्यालयले ७ लाख र कृषि विकास बैंकले ५ लाख जम्मा गरेको छ ।
दुबै बैंकका प्रतिनिधिहरुले मंगलबार मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई चेक हस्तान्तरण गरेका छन् ।
तपाईको प्रतिक्रिया