प्रदेश सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

समाचार

4/26/2020

जनकपुरधाम, १४ बैशाख । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान र नेपाल भारत युवा मैत्री संघले संयुक्तरुपमा प्रदेश २ सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानका संस्थापक अनिल कुमार झा एवं संघका प्रतिनिधि जिवनाथ चौधरीद्वारा संयुक्त रुपमा प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर साहलाई कोविड–१९ बाट बचाउ, उपचार र रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, उद्योग वन तथा पर्यटनमन्त्री राम नरेश राय, भौतिक पूर्वाधार राज्यमन्त्री डा डिम्पल झा, सामाजिक विकास राज्यमंत्री अभिराम शर्मा, सामाजिक अभियन्ता पूनम झा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ