प्रदेश सरकारले कृषिक्षेत्रमा सप्तरीमा ३ करोड ७५ लाख अनुदान दिने

समाचार

5/6/2020

राजविराज, २४ बैशाख । कोरोना भाइरस नियन्त्रण गर्न लकडाउनका कारण कृषकमा पर्न गएको प्रतिकुल प्रभाव न्यूनीकरण गर्ने राहत तथा अनुदान प्रवाहवाट कृषकहरूलाई संरक्षण गर्न राहत र पुनः स्थापनाका लागि अनुदान प्रदान गरिने भएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश न २ जनकपुरधामले राहत तथा अनुदान दिने भएको हो ।

बुधबार जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा बसेको बैठकले जिल्लामा विशेष परिस्थितिले गर्दा गरिएको लकडाउनले कृषि क्षेत्रमा पारेको प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै, कृषकलाई राहत, ब्याजमा अनुदान, कृषीजन ढुवानीमा अनुदान दिने निर्णय गरेको छ ।

बैठकमा प्रमुख प्रभाकर यादवले व्यावसायिक रूपमा गरिएको खेतीमा भएको क्षतिको हकमा स्थानीय तहको सिफारिस तथा प्रहरी कार्यालयको मुचुल्का तथा क्षतिको प्रतिवेदन, र क्षतिको आंकलनका आधारमा राहत प्रदान गरिने बताए ।

मौसमी तरकारी, सामूहिक रूपमा क्षति भएको हकमा क्षति भएको ठाँउमा आगामी सिजनमा मुख्य बाली, खेती र बस्तुको लागि लक्षित गरी कृषि ज्ञान केन्द्र मार्फत पाउने गरी कृषि बस्तुको उत्पादन सामग्री सिचाई तथा वाली कटानी लगायतमा अनुदान दिने बताईएको छ ।

प्रदेश भित्रका साना किसानहरूलाई मलखाद, बिउबिजन, भुरा, चल्ला, उत्पादन सामग्री, सिचाई लगायतका प्रमुख उत्पादन सामग्री खर्च जुटाउन तथा उन्नत कृषि उत्पादन प्रबिधि प्रयोग गरेका श्रृणीहरूलाई मन्त्रालयले ब्याज अनुदान वापतको रकम बैंक मार्फत भुक्तानी गर्ने ब्यबस्था मिलाउने गरि निर्देशन दिएको प्रमुख यादबले जानकारी दिए ।

राहतका लागि लक्षित ब्यक्तीरफार्मको हकमा प्राबिधिकको स्पष्ट प्रतिवेदन, स्थानिय तहको सिफारिस, प्रहरी मुचुल्का, प्रतिवेदन, नागरिकताको प्रतिलिपि, विमा गरेको हकमा सोको प्रमाणित लगायतका माग गरे बमोजिम आबश्यक कागजात पेश को आधारमा अनुदान उपलब्ध गराउने कृषि ज्ञान केन्द्र राजबिराजले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ