प्रदेश सरकार कोभिड १९ प्रति गम्भीर : मन्त्री घिमिरे

समाचार

5/20/2020

इनरुवा, ७ जेठे । प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले प्रदेश सरकार कोभिड १९ रोकथाम र नियन्त्रणका लागि गम्भिर भएर लागेको बताएका छन् ।

प्रदेश सरकारले कोरोना भाईरस कोभिड १९ रोकथाम र नियन्त्रणका लागि कुनै पनि कसर बाँकी राख्ने बताए ।

बुधबार सुनसरी सदरमुकाम इनरुवामा कोभिड १९ कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य जिवन कार्यक्रमलाई सम्बोधन गर्दै रोग नियन्त्रणका लागि सरकार गम्भिर भएर लागेको र जनताको स्वास्थ्य सुरक्षाका लागि कुनै कसर बाकी नराख्ने बताए ।

मन्त्री घिमिरेले प्रदेशमा सामाजिक विकास मन्त्रालय सिगैं कोरोना विरुद्धको अभियानमा लागेकाले कोही पनि आतिनु नपर्ने तर स्वर्तकता अपनाउनुपर्ने उल्लेख गरे । कोरोनाका बारेमा बसैले थाहा पाएकाले अव नियन्त्रणमा सहयोग पुग्ने बताए ।

कोरोनासंगको लडाईलाई सचेतना र जनचेतना आवश्यक रहेको बताउनुभुयो । सबैले सबैलाई कोरोना संक्रमण सार्न सक्ने सम्भावना भएकाले सबैले स्वर्तकता अप्नाउनुपर्ने आवश्यकता बताए ।

उनले प्रदेश १ मा तीन स्थानमा दैनिक ३०० जनाको कोरोना पिसीआर परिक्षण भईरहेकोले सकांशपदलाई परिक्षणमा कुनै कसर बाँकी नराख्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ