प्रदेश सांसद पटेलद्वारा एक महिनाको तलब महानगपालिकालाई सहयोग

समाचार

6/19/2020

वीरगन्ज, ५ असार । प्रदेश २ को प्रदेशसभा सदस्य रमेश पटेलले आफ्नो एक महिनाको तलब वीरगन्ज महानगरपालिकालाई सहयोग गरेका छन् ।

उनले प्रदेशसभाबाट पाउने एक महिनाको तलब ५१ हजार रुपैयाँ वीरगन्ज महानगरपालिकालाई प्रदान गरेका हुन् ।

कोरोना रोग नियन्त्रणका लागि परीक्षणलाई तीव्रता दिन पीसीआर मेसिन खरिद गर्न महानगरपालिकाले आर्थिक सहयोग गर्न गरेको आह्वानलाई मध्यनजर गर्दै प्रदेशसभा सदस्य प्रटेलले आफ्नो एक महिनाको तलब महानगरपालिकालाई सहयोग गरेको बताएका हुन् ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा नगर प्रमुख विजय कुमार सरावगीलाई पटेलले प्रदान गरेको ५१ हजारको चेक उनका स्वकिय सचिव शेख फिरोजले हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ