विराटनगर, २६ मंसिर । प्रदेश १ सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको वार्षिक बिदा सूचीमा मङ्सिर २६ गते बिहीबार किराँत जातिको उधौली पर्वमा प्रदेशभर सार्वजनिक बिदा हुने उल्लेख छ ।
मङ्सिर २६ गते योमरी– पुन्ही ज्यापु दिवस र मङ्सिर पूर्णिमा तथा धान्य पूर्णिमासमेत भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।
गत साल चैत २७ गते प्रदेश सरकारले प्रकाशित गरेको राजपत्रमा सार्वजनिक तथा पर्व बिदा सूची उल्लेख छ ।
तपाईको प्रतिक्रिया