काठमाडौं, ९ साउन । आर्थिक वर्ष २०७६/७७ मा प्रदेश २ का सरकारको आधाभन्दा बढी बजेट फ्रिज भएको छ ।
३८ अर्ब ३८ करोड ५२ लाख ३७ हजार कुल बजेट रहेकोमा प्रदेश सरकारले १७ अर्ब ३४ करोड ४३ लाख ३६ हजार अर्थात् ४५ दशमलव १९ प्रतिशत मात्रै खर्च गर्न सकेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चालू आबतर्फ ९ अर्ब ५२ करोड ८६ लाख ८२ हजार अर्थात् चालूतर्फको कुल बजेटको ४७ दशमलव ७५ प्रतिशत र पुँजीगततर्फ ७ अर्ब ८१ करोड ५९ लाख ४३ हजार अर्थात् ४० दशमलव ४ प्रतिशत मात्रै खर्च भएको छ ।
पुँजीगतभन्दा चालू खर्च बढी भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका निमित प्रमुख मनोज झाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया