जनकपुरधाम, २१ फागुन । प्रदेश २ को प्रदेशसभा बैठक पुनः सरेको छ ।
सभामुख सरोजकुमार यादबले सबै दलको सहमतिमा प्रदेशको नाम र राजधानी टुंगो लगाउने भए पछि प्रदेशसभा बैठक सरेको हो । प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाउन बिहीबार तोकेको थियो।
उक्त बैठकमा मतदान गर्ने विषयमा छलफल गर्ने र फागुन २३ गते मतदान गर्ने तयारी गरेको थियो । तर मंगलबार अचानक प्रदेशसभा सचिवालयले प्रदेशसभा बैठक सारिएको सूचना निकालेको छ । सचिवालयका सचिव रञ्जित यादबले बैठक फागुन ३० गतेका लागि सारिएको बताए ।
उनले सो दिन नाम र राजधानी विषयमा छलफल पछि चैत १ गते मतदानबाट टुंगो लगाउने जानकारी दिए । प्रदेश २ मा २७ गते होली पर्छ । तर जनकपुरमा २८ गते यसवर्ष होली मनाउने छ । सोही कारण प्रदेससभा बैठक ३० गतेका लागि सारिएको स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया