जनकपुरधाम, २० चैत । प्रदेश २ सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा माछापुच्छ्रे बैंकले पाँच लाख सहयोग गरेको छ ।
बैंकका जनकपुरस्थित प्रतिनिधिले आज मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
यसअघि कोषमा, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, सिटिजन्स बैंक , सिद्धार्थ बैंक लगायतका संघ संस्थाहरुले रकम सहयोग गरिसकेका छन् ।
प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।
तपाईको प्रतिक्रिया