जनकपुरधाम, ३२ जेठ । प्रदेश २ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दुई हजार नजिक पुगेको छ । आइतबार प्रदेश २ मा ३४ जना नयाँ संक्रमित फेला परेका छन् ।
योसँगै प्रदेश २ मा संक्रमितको संख्या १९४७ पुगेको छ । शनिबार प्रदेश २ मा ६ महिलासहित १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी, आइतबार वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा प्रदेश २ का थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी प्रदेशमा २ जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । २८ गते वीरगञ्ज महानगरपालिका घण्टाघर क्षेत्रमा अन्दाजी २५ वर्षका पुरुष व्यक्ति मृत अवस्थामा भेटिएका थिए ।
प्रदेशमा ३१ हजार ३ सय १ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएकोमा १४ हजार भन्दा बढीको नजिता आउन बाँकी छ ।
तपाईको प्रतिक्रिया