प्रदेश २ मा थप १ सय ७४ जनामा संक्रमण

समाचार

8/12/2020

जनकपुरधाम, २८ साउन । प्रदेश २ मा १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश २ का १ सय ७४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

यससँगै प्रदेशमा संक्रमित हुनेको संख्या ६ हजार ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै रौतहटमा ४०, सर्लाहीमा २१, धनुषामा १८, महोत्तरीमा १०, सिरहामा ९, बारामा ७ र सप्तरीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै, पर्साको वीरगञ्जमा २४, छपकैयामा ६, विर्तामा १०, आदर्श नगरमा २, माईस्थानमा ३, नारायणी अस्पतालको क्वार्टरमा ४, नेसनल मेडिकल कलेजमा ३, जिल्ला प्रहरी कार्यालय पर्सामा १, जगरनाथपुर गाउँपालिका खालुचरीमा २, वडा प्रहरी विर्तामा ८, धोविनी गाउँपालिकामा १, वीरगञ्ज कृषि सामग्री लिमिटेडका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी रौतहटको राजदेवी नगरपालिकामा १, गौर नगरपालिकामा ११, कटहरिया नगरपालिकामा ९ र ठाउँ नखुलेको स्थानका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सर्लाहीको मलंगवा नगरपालिकामा २१, धनुषाको जनकपुरधाममा ७, मुक्तिनाथ बैँकका ६ जना कर्मचारी, नेपाल बंगलादेश बैँक जनकपुर १ र राष्ट्रिय वाणिज्य बैँक जनकपुरका १, हंसपुर नगरपालिकामा १, जनकनन्दिनी गाउँपालिकाको क्वारेन्टिनमा १, मंसुरीमा १ र धमगिका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ