प्रदेश २ मा मधेश सहिद राजमार्ग बन्ने

समाचार

6/16/2020

जनकपुरधाम, २ असार । प्रदेश २ सरकारले मधेश सहिद राजमार्गको अवधारणा अघि सारेको छ । सप्तरीदेखि पर्सासम्मको सडकलाई मधेश सहिद राजमार्ग बनाउन विस्तृत परियोजना प्रतिवेदन आगामी वर्ष तयार गर्ने प्रदेश २ सरकारले सोमबार जारी गरेको बजेट वक्तव्यमा भनिएको छ ।

यसका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एक नालासहितको २ लेन कालोपत्रे ५ किलोमिटर सडक निर्माण गर्ने प्रदेश २ को लक्ष्य छ । प्रदेशमा निर्माण हुने कम्तीमा ६४ वटा सडकका लागि ६७ करोड २० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ