प्रदेश २ मा स्वाब संकलनमा तीव्रता

समाचार

5/11/2020

जनकपुरधाम, २९ बैशाख । प्रदेश २ मा कोरोना भाइरसको रोकथाम तथा उपचार गर्ने उद्देश्यका साथ स्वाबको नमूना संकलन कार्य तीव्ररुपमा शुरु भएको छ ।

यस प्रदेशमा अहिलेसम्म ३० जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । सवैभन्दा बढी वीरगञ्जस्थित छपकैयामा एउटै परिवारका १७ जनामा कोरोना पुष्टि भएको हो ।

यस प्रदेशमा काठमाडौँबाट भिटिएमसहित जनशक्तिको टोली आइरहेको छ । सो जनशक्तिका साथै प्रदेशका स्वास्थ्यकर्मीलेस्वाबको नमूना संकललन कार्यमा थप तीव्रता दिने समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

प्रदेशमा पिसिआर प्रविधिबाट तीन हजार १७३ को स्वाबको नमूना संकललन गरिएको छ । सोमध्ये दुई हजार ३९३ को रिपोर्ट नेगेटिभ आएको र ७५० को रिपोर्ट आउन बाँकी रहेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ३० जना सङ्क्रमित भएका छन् । सोमध्ये २८ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको सचिव डा घिमिरेले जानकारी गराए ।

प्रदेशअन्तर्गतका आठवटा जिल्लाका विभिन्न क्वारेन्टाइनमा एक हजार ३८९ बसेका छन् भने चार हजार ६६६ होम क्वारेन्टाइनमा र ४१ जना आइसोलेसनमा छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ