जनकपुरधाम, २५ चैत । प्रदेश २ सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एनसीसी बैंकले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकको वीरगंजस्थित प्रादेशिक कार्यालय र जनकपुरस्थित कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
यसअघि कोषमा, लक्ष्मी बैंक, नेपाली काँग्रेस प्रदेश नं. २, सिभिल बैंक, मेगा बैंक ,गण्डकी विकास बैंक, कुमारी बैंक ,माछापुछे बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक , सिटिजन्स बैंक , सिद्धार्थ बैंक , भाटभटेनी मल लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन् ।
प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।
प्रदेश २ मा स्थापना गरिएको कोरोना महामारी रोकथाम नियन्त्रण तथा उपचार राहतकोषमा जम्मा भएको रकमको विवरण
एनसीसी बैंक ५,०००००
लक्ष्मी बैंक १०,००,०००
नेपाली काँग्रेस ४०,७५०००
सिभिल बैंक ५,०००००
मेगाा बैंक ५,०००००
गण्डकी विकास बैंक ४,०००००
कुमारी बैंक १०,००००
माछा पुच्छे बैंक ५,०००००
नेपाल बैंक ५,०००००
सिटिजन्स बैंक ७,०००००
कृषि विकास बैंक ५,०००००
सिद्धार्थ बैंक १०,०००००
भाटभटेनी सुपर मार्केट २५,००००० (घोषणा गरे पनि जम्मा हुन बाँकी)
कुल १,३६,७५०००
तपाईको प्रतिक्रिया