प्रदेश २ : राहत कोषमा नेपाली कांग्रेसको ४० लाख ७५ हजार सहयोग

समाचार

4/6/2020

जनकपुरधाम, २४ चैत । प्रदेश नं. २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली कांग्रेसले ४० लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ ।

कांग्रेसका प्रदेश नं. २ स्थित सबै जिल्ला कार्यसमितिको तर्फबाट नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरणको क्रममा नेपाली काँग्रेस प्रदेश नं. २ संसदीय दलका नेता राम सरोज यादव, नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखर कुमार यादव सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ