जनकपुरधाम, २८ चैत । कोरोना महामारी नियन्त्रणको लागि प्रदेश २ सरकारले प्रदेशमा रहेका विभिन्न पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषदको बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा ५०–५० बेडको अस्पतालमा परिणत गर्ने निर्णय गरेको छ ।
पर्साको पोखरिया, धनुषाको डुमरिया र सप्तरीको भारदहस्थित अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय बैठकले गरेको हो ।
त्यसैगरी, बाराको कलैयास्थित जिल्ला अस्पताल र महोत्तरीको जलेश्वरस्थित अस्पतालाई विशेष अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।
जलेश्वर अस्पतालले बुधबारबाट नै स्तरोन्नतिको काम शुरु गरी सकेको छ भने बाराले समेत स्तरोन्नतिको काम गर्दैछ ।
तपाईको प्रतिक्रिया