रुपन्देही, २१ साउन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रदेश नं. ५ मा संसदीय दलको नेतामा वीरेन्द्र कुमार कनौडिया चयन भएका छन् ।
कांग्रेसको संसदीय दलको मंगलबारको बैठकले कनौडियालाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो ।
कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पौडेलको गत माघमा मृत्यु भएपछि प्रदेश ५ मा कांग्रेसको संसदीय दलका नेता रिक्त थियो । कनौडियाले उपनेताको रुपमा कार्यवाहक सम्हाल्दै आएका थिए ।
उनी प्रदेश ५ मा कांग्रेसको तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
तपाईको प्रतिक्रिया