प्रधानमन्त्रीको चिन्तन प्रणाली स्वस्थ देखिएन : भट्टराई

समाचार

7/14/2020

काठमाडौं, ३० असार । जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब छाडा छोड्नु खतरनाक हुने भन्दै उपचार खोज्न आग्ह गरेका छन् ।

‘अयोध्या नेपालमा रहेको र राम नेपाली राजकुमार थिए’ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्ति आएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले लेखेका छन्, ‘अति गरे खति हुन्छ भन्छन् ! प्रमले सीमा नाघ्दैछन् ! संसदमा ‘सिंहमेव जयते’ र बेसार–पुराणदेखि अयोध्या–पुराणसम्म आउँदा उहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश र संकटकालको ‘खड्ग’ समेत उहाँको हातमा छ ! अब उहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौ ं!’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ