काठमाडौं, २१ फागुन । शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपीशर्मा ओलीको मिर्गौला प्रत्यारोपण भैरहदा उनको स्वास्थ्यलाभको कामनासहित पशुपतिनाथमा विशेष पूजापाठ गरिएको छ ।
पशुपति विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनासहित पशुपतिनाथमा आज पहिलो प्रहरको पुजापाठ गराएका हुन् ।
मिर्गौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामनासहित बिहान भएको विशेष पूजापाठ र रुद्राभिषेकमा डा. थापासहित अन्य सुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
कोषाध्यक्ष थापाले चीनबाट सुरु भई विश्वका ७७ देशमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस् भनेर राष्ट्रदेव पशुपतिनाथमा विशेष पूजापाठ गराउन लागेको पनि जानकारी दिए ।
तपाईको प्रतिक्रिया