काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध सार्क ‘इमर्जेन्सी फण्ड’ बनाउन गरेको प्रस्ताव स्वीकार गरेका छन् ।
कोरोना भाइरसविरुद्ध सार्क मुलुकका राष्ट्रले सहकार्य गरेर अघि बढ्नु पर्ने बताउँदै प्रधानमन्त्री ओलीले समकक्षी भारतीय प्रधानमन्त्री मोदीले गरेको इमर्जेन्सी फण्ड’ बनाउने प्रस्ताव स्वागतयोग्य रहेको बताउँदै विशेष धन्यवाद ज्ञापन गरे ।
‘हाम्रो क्षेत्र कोरोना भाइरस संक्रमको ठूलो जोखिममा छ । यसले कुनै सीमा हेर्दैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले संयुक्त रुपमा यसविरुद्ध लाग्नुपर्छ । संयुक्त प्रयास आवश्यक छ । अत्यावश्यक बाहेक विदेश भ्रमण गर्नु उचित समय होइन ।’
सार्क देशका नेताहरुबीच भएको भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले अत्यावश्यक औषधी र सरसफाई विशेष ध्यान दिन समेत सबैलाई सुझाए । उनले सार्क इमर्जेन्सी मेडिकल सेन्टर आवश्यक रहेको बताए ।
उनले कोरोना भाइरस संक्रमणविरुद्धको लडाईमा नेपालको ऐक्यवद्धता रहेने जनाए । उनले कोरोना भाइरस संक्रमणको सन्त्रासले ठूलो आर्थिक चुनौती थपिएको बताउँदै यसका लागि आवश्यक सहकार्यर छलफल आवश्यक रहेको बताए ।
तपाईको प्रतिक्रिया