प्रधानमन्त्री ओलीले गरे अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना

समाचार

7/13/2020

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

कोरोना संक्रमणपछि अमिताभ अस्पतालमा भर्ना भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गर्दै अमिताभ र उनका छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्यलाभ कामना गरेका हुन् ।

अभिताभले आफ्नो ’पछिल्ला दस दिनमा जो मेरो सम्पर्कमा आएको हुनुहुन्छ, उहाँहरूले आफ्नो कोरोना भाइरस परीक्षण गराउनुहोला’ भन्ने जानकारी पनि ट्वीटमार्फत् दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ