जनकपुरधाम, ३१ असार । भगवान रामको जन्मस्थल पर्साको ठोरी रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ ।
हिन्दु परिषद नेपालले विश्वका करोडौं हिन्दु धर्मावलम्बीको आस्थामाथि प्रधानमन्त्री ओलीले ठेस पु¥याएको भन्दै जनकपुरमा प्रदर्शन गरेको हो । साधुसन्त र युवाहरु समेत सहभागिता रहेको जुलुस नगरको विभिन्न भागको परिक्रमा गरी जनकचौकमा कोणासभा परिणत भएको थिया े।
कोणासभामा उनीहरुले प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको सदियौंदेखिको रहेको सम्बन्धलाई कुतर्क गरेर तोड्न खोजेको भन्दै आक्रोश पोखेका थिए ।
आदि कवि भानुभक्त अचार्यको जन्मजयन्तिका अवसरमा सोमबार प्रधानमन्त्री ओलीले भगवान रामको जन्मस्थल भारतको अयोध्या नभइ पर्साको वीरगञ्जस्थित चितवन ठोरी रहेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भइरहेको छ ।
तपाईको प्रतिक्रिया