प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच फोन सम्वाद

समाचार

8/15/2020

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोन सम्वाद गरेका छन् ।

शनिबार प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोन वार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ ।’ उनले अन्य जानकारी परराष्ट्र मन्त्रालयबाट आउने उल्लेख गरेका छन् ।

यस्तै, भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् भारतीय समकक्षी मोदीलाई शुभकामनासमेत दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ