काठमाडौं, १९ फागुन । मिर्गौला प्रत्यारोपणको लागि अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य लाभको कामना भनेर सन्देश लेखेका भारतीय प्रधानमन्त्रीलाई नरेन्द्र मोदीलाई धन्यावाद भन्दै जवाफ लेखेका छन् ।
ओलीले ट्वीटरमा मोदीलाई मेन्सन गर्दै लेखेका छन्, ‘मलाई सफल शल्यचिकित्सा र छिटो पूर्णस्वास्थ्य लाभको कामना गर्नुभएकोमा धन्यवाद प्रिय प्रधानमन्त्री मोदीजी ।’ यसअघि मोदीले ट्वीट गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए ।
तपाईको प्रतिक्रिया