प्रधानसेनापति थापासँग भारतीय राजदूत क्वात्राको भेट

समाचार

3/17/2020

काठमाडौं, ४ चैत । नेपालका लागि भारतका नवनियुक्त राजदुत विनय मोहन क्वात्राले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन् ।

राजदूत क्वात्राले जंगी अड्डामा प्रधानसेनापति थापासँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत क्वात्राबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएकोे छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ