काठमाडौं, ३० मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापासँग मित्रराष्ट्र भारतीय सेनाका मेजर जनरल गोपाल गुरुङले जंगी अड्डोमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
उक्त भेटवार्तामा उनीहरुबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा मंसिर १७ गतेदेखि सञ्चा्लन भएको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास INDO-NEPAL BATTALION LEVEL JOINT TRAINING EX-"SURYA KIRAN-XIV" को Observer को रुपमा मेजर गरुङ्ग नेपाल आई बलाधिकृत रथी शरद कुमार गिरीबाट सोमबार भएको EX-"SURYA KIRAN-XIV" को समापन समारोहमा सरिक भएका थिए ।
उक्त अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरुको आदान प्रदान भएको थियो ।
यस किसिमको अभ्यासले दुई देश बीच सदियौं देखि कायम रहेको मैत्रिपूर्ण सैन्य सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने विश्वामस नेपाली सेनाले लिएको छ ।
तपाईको प्रतिक्रिया