पुराना प्लाष्टिक व्यवसायी संघ टेकु र चितवन कवाड व्यवसायी संघद्वारा ज्ञापन

समाचार

3/15/2020

वीरगंज २ चैत । प्लाष्टिकजन्य पदार्थ नेपालबाट भारत लैजाने क्रममा नेपाल प्रहरीले दुख दिएको भन्दै पुराना प्लाष्टिक व्यवसायी संघ टेकु र चितवन कवाड व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय पर्सामा संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् ।

देशभरबाट उत्पन्न हुने फोहोरबाट पुनः प्रयोगमा आउने किसिमको प्लाष्टिकजन्य पदार्थको संकलन गरी नेपालभित्र पुनः प्रयोग हुन नसक्ने प्लाष्टिक बस्तुलाई पुनः प्रयोगमा ल्याउनका लागि भारत निकासी हुने गरेको कवाड व्यावसायीहरु भनाई रहेको छ ।

प्लाष्टिकको समस्या एकजनाको होइन यो पुरै राष्ट्रको समस्या रहेको युवा समाजसेवी महबुब आलमको जिकिर रहेको छ । देशमा उत्पन्न भएको प्लाष्टिकको फोहोर राज्यले व्यवस्थित गर्न नसक्ने भएपछि केही बेरोजगार युवाहरुले यसलाई सफा गरि भारततर्फ पैठारी गरेको आलमको भनाई छ ।

नेपालमा प्रयोग हुने अधिकांश सामग्री प्लाष्टिक वस्तुको रहेको तर सरकारी वा निजि स्तरमा यसलाई प्रशोधन गर्ने व्यवस्था नरहेको यसलाई देशभरिबाट संकलन गरेर भारत पैठारी गर्ने गरेको आलमले बताएका छन् ।

नेपालभित्र उत्सर्जन गर्न गराउन बेलाबखत नागरिक समाजका तर्फबाट वीरगंजस्थित सीमा क्षेत्रबाट भारततर्फ पैठारी गरी सहरी सौन्दर्यीकरणम टेवा पुर्याउँदै आएको विज्ञप्तिलाई उद्धृत गर्दै पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई संघका अध्यक्ष राजेश आचार्यले बताए ।

नेपाल सरकारसँग परामर्शपछि केही निर्णय दिन मिल्ने पर्साका सहायक जिल्ला अधिकारी ललित कुमार बस्नेतको भनाई रहेको छ । नेपालको सरसफाईमा टेवा पुर्याइरहेको कुराले सम्वेदनशील कुरा भएको बस्नेतको जिकिर रहेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा संघका केन्द्रीय प्रतिनिधि जिल्ला अध्यक्ष इमरान आलम तथा पर्सा, बारा लगायतका कवाडी मजदुरहरुको सरहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ