खोला सरसफाई अभियान प्रभावकारी बन्दै

समाचार

3/15/2020

विराटनगर, २ फागुन । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले सुरुवात गरेको सिघिया खोला सरसफाई अभियान निरन्तर चलिरहेको छ ।

बिराटनगर महानगरपालिका वडा नं. १ धनावत पुल चोकस्थित सिंघिया खोलाबाट १ न. प्रदेशका माननीय सामाजिक विकास मन्त्री जिवन घिमिरेको संयोजकत्वमा शनिबार सुरु गरिएको सरसफाई अभियानमा छैटौ पटकमा पुगेको छ । 

सरसफाई अभियानमा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु, राजनैतिक दलका अगुवा, नागरिक समाज र स्थानिय सक्रिय रुपमा उपस्थित रहेको थियो ।

छैटो पटकको सरसफाई अभियानमा ३ सय भन्दा बढीको उपस्थित रहेको थियो । १५ दिनको अन्तरमा हरेक शनिबार आयोजना हुँदै आएको सरसफाई अभियानमा श्रमदान गर्ने व्यक्तिहरुलाई मन्त्री घिमिरले धन्वाद प्रकट गरे । अहिलेसम्म नदिको ७ किलोमिटर भन्दा बढी सरसफाई गरिएको मन्त्री घिमिरले बताए ।

अब नदिको ३ किलोमिटर पनि सरसफाई गरिने र नदीलाई दिर्घकालिन रुपमा तटबन्धन गरेर अगाडी बढ्ने मन्त्री घिमिरेले उद्घोष गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ