कोरोनाविरुद्ध लड्न सार्क प्रमुखहरूको भिडियो कन्फरेन्स हुँदै

समाचार

3/15/2020

काठमाडौँ, २ चैत । । दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच आज साँझ कोरोना भाइरस (कोभिड(१९)बारे छलफल हुँदैछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा सार्कका नेता नेताहरुबीच भिडियो कन्फ्रेन्स हुन लागेको हो । कोरोना भाइरस रोकथाम एवं नियन्त्रणको प्रयासका लागि साझा रणनीति तय गर्न भारतीय प्रधानमन्त्री मोदीले सार्कका मुलुकहरुमा प्रस्ताव गरेका थिए ।

विश्वभर महामारीको रूप लिइरहेको कोरोनाविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा सार्कमा आबद्ध ८ राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो वार्ता हुने छ । सार्कमा रहेका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भुटान, माल्दिभ्स र श्रीलंकाका कार्यकारी प्रमुखहरूबीच छलफल हुन लागेको होे ।

यो कन्फ्रेन्समा मोदीसहित प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, अफगान राष्ट्रपति अशरफ घानी, भुटानी प्रधानमन्त्री लोटे छिरिङ, माल्दीभ्सका राष्ट्रपति इब्राहिम माहम्मद सोलिह, श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे सहभागि हुनेछन् । पाकिस्तानका तर्फबाट भने स्वास्थ्य मामिलामा प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार डा. जाफर मिर्जाले सहभागिता जनाउने छन् ।

आज साँझ सवा ५ बजे सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो कन्फरेन्समार्फत कोरोनाविरुद्ध कसरी संयुक्त रूपमा लाग्ने भन्नेबारे छलफल हुने नेपालको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित एक्सन रुमबाट आफ्ना धारणा राख्ने उनको सचिवालयले जानकारी दिएको छ ।

कोरोनाको संक्रमण सार्क राष्ट्रहरूमा पनि बढ्दै गएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो क्षेत्रीय संगठनमार्फत त्यसविरुद्ध संयुक्त रूपमा लड्‍नुपर्ने प्रस्ताव गरेका थिए । मोदीको प्रस्तावको नेपाल, भुटानलगायत देशले सुरुमा नै स्वीकार गरेका थिए । पाकिस्तानलेभनेशनिबारमात्रै उक्त प्रस्ताव स्वीकारेको थियो । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले बैठकको समयको प्रस्ताव गरेका थिए । उनले स्वस्थ विश्वका लागि समयमै पहल लिनुपर्ने भन्दै आज साँझ छलफलको समय प्रस्ताव गरेका थिए । उनले सबै राष्ट्र एकजुट भएर लागेमा यसक्षेत्रका जनतालाई फाइदा हुने सामाजिक सञ्जा‍ल ट्विटरमा लेखेका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण हालसम्म १ लाख ५० हजार भन्दा धेरै संक्रमित भइसकेका छन भने अरु ५ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ