भारतीय पर्यटकलाई पोखरामा ‘नो इन्ट्री’

समाचार

12/26/2019

पोखरा, १० पुस । नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा भारतीय पर्यटकलाई कास्की प्रशासन र व्यवसायीले पोखरामा अवरोध पु¥याएका छन् ।

कास्की प्रशासन र पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्ले भारतीय पर्यटकका बसलाई पर्यटकीय गन्तव्यमा पुग्न रोकेका छन् । बस होटलमै पार्किङ गर्न उनीहरूले उर्दी जारी गरेका छन् । 

यही विषयलाई लिएर भारतीय पर्यटकका गाडीमाथि पोखरामा प्रतिबन्ध लगाइएको छ । पोखरा पर्यटन परिषद्ले होटल पुगेर त्यहाँ आएका भारतीय गाडीलाई गन्तव्यसम्म नलैजान आग्रह गरिएको सूचनासहितको स्टिकर टाँसेको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पोखराकै व्यवसायीका गाडी प्रयोगमा आऊन् भन्ने आफूहरुको चाहना रहेको सुनाए । ‘सबै गाडी कतै लैजान नपाइने भनेका छैनौं, निजी गाडी गन्तव्यमै पु¥याए हुन्छ, ठूला गाडी लैजाँदा पार्किङ समस्या भयो भनेका हौं’, उनले भने, ‘भारतमै पनि एउटा प्रान्तमा अनुमति लिएको गाडी अन्त जान पाउँदैन, हाम्रोमा पनि त्यस्तै व्यवस्थित हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’ 

भारतीय गाडी चालकलाई पोखराको सडकबारे जानकारी नहुँदा दुर्घटना र जाम बढेको पोखरेलले तर्क गरे ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले भने भारतीय गाडीलाई रोक नलगाइएको बताए । उनले भारतीय ठूला गाडी सबै गन्तव्यमा पुग्दा साँघुरा सडकमा समस्या भएको र पार्किङ व्यवस्थापनमा कठिनाइ भएको हुँदा व्यवस्थित गर्न मात्रै भनिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ