दमक, १५ पुस । नेपाल, भारत, भुटान र बंंगलादेशका व्यवसायी, पर्यटनकर्मीले चारदेशीय पर्यटन विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
चारै देशका प्रतिनिधिले पर्यटनका लागि साझा हितको एउटा संस्था निर्माणमा जोड पनि दिएका छन् । भारतको सिलिगुडीमा सम्पन्न नर्थ बंगाल कन्क्लेभमा सहभागी चारै देशका प्रतिनिधिले पर्यटकीय पूर्वाधार विकास, गन्तव्य पहिचानमा साझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिएका हुन् ।
पश्चिम बंगालका पर्यटन मन्त्री गौतम देवले पर्यटकीय गन्तव्य पहिचान, प्रचार र विकासका लागि सबैको साझा प्रतिबद्धता आउनुपर्ने उल्लेख गरे ।
नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले प्रसस्त सम्भावना बोकेका नेपाली पर्यटकीय गन्तव्यको प्रचारमा सहयोग पु¥याउन अपिल गरे । अर्यालले भारत, भुटान र बंगलादेशसहितको सहयोगमा नेपालको प्रचार उपयोगी हुने धारणा राखे ।
तपाईको प्रतिक्रिया