काठमाडौं, ९ फागुन । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले आजदेखि एक हप्ताको मौसम पुर्वानुमान शुरु गरेको छ ।
कृषकहरुलाई लक्षित गरी हरेक बिहिबार एक हप्ताको मौसम पुर्वानुमान शुरु गरिएको मौसमविद शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार हरेक दिन बिहान ३ दिनको मौसमको पुर्वअनुमान यथावत राख्दै आजदेखि एक हप्ताको पुर्वअनुमान पनि शुरु गरिएको हो ।
महाशाखाले कृषकको हितको लागि भन्दै देशको संघीय संरचना अनुसार प्रदेशस्तरीय मौसमको जानकारी दिन थालेको छ । यसअघि देशको पूर्वी, मध्य, पश्चिमी, सुदुरपश्चिम भूभागको आधारमा मौसमी अवस्थाको जानकारी र अनुमान गर्ने गरिएकोमा आजदेखि प्रदेश १, २ गरी सातै प्रदेशको भूभागलाई आधार मानेर मौसमी अवस्थाको जानकारी र अनुमान गर्न थालिएको महाशाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया