पूर्वमन्त्री मेघराज निसादको निधन, प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

समाचार

6/9/2020

काठमाडौं, २७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउद्योग राज्यमन्त्री मेघराज निसादको निधन निधन भएको छ ।

मिर्गाैला सम्बन्धी समस्याबाट पीडित निसादको उपचारकै क्रममा मंगलबार दिउसो वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ६५ वर्षको उमेरमा निधन भएको हो ।

यसअघि तत्कालीन नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा मधेश समता पार्टीका तर्फबाट उनी उद्योग राज्यमन्त्रीको जिम्मेवारीमा थिए ।

निसाधको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार एक शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘यस दुःखद् घडीमा दिवंगत पूर्व राज्यमन्त्री निसाधप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । उहाँको निधनबाट शोकमा पर्नु भएका परिवारजन, आफन्त र शुभचिन्तकहरुमा गहिरो समवेदना ब्यक्त गर्दछु ।’

‘उहाँलाई सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान ब्यक्तिको रुपमा मैले पाएको थिएँ । पछिल्लो समय उहाँले नेतृत्व गर्नु भएको मधेस समता पार्टी नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको थियो ।’ प्रधानमन्त्री शोक वक्तव्यमा भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ