पूर्वमन्त्री महासेठद्वारा स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री प्रदान

समाचार

5/19/2020

जनकपुरधाम, ६ जेठ । पूर्वमन्त्री तथा धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेका छन् ।

कोरोना भाइरसको उच्च जोखिममा रहेका प्रदेश २ लाई मध्यनजर गर्दै आफ्नो निर्वाचन क्षेत्र सहित धनुषाका विभिन्न क्षेत्रहरुको स्थानीय सरकारलाई प्याकेजमै सुरक्षा सामग्री वितरण गरेका छन् ।

पूर्वमन्त्री महासेठले ७० थान थर्मल गण र १५ हजार सर्जिकल मास्क स्थानिय तहहरुलाइ हस्तान्तरण गरेका छन् ।

पुर्व मन्त्री महासेठ ज्युद्वारा आफ्नो ब्यक्तिगत तर्फबाट ७० थान थर्मलगन र १५ हजार सर्जिकल मास्क हस्तान्तरण।
नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री महासेठले मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, लक्षमिनिया गाउँपालिका, मिथिला बिहारी नगरपालिका, धनौजी, मुखियापट्टि र नगराईन नगरपालिकामा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

नपामा पर्ने प्रत्येक वाडामा एक एक वटा थर्मल गन र १५ हजार सर्जिकल मास्क वितरणका लागि जनप्रतिनिधिहरुलाई हस्तान्तरण गरेका छन् ।

कोभिडन–१९ बाट जोगाउनका लागि पूर्वमन्त्री महासेठले सो स्वास्थ्य सामग्रीहरु वितरण गरेका हुन् । स्वास्थ्य सामग्री वितरणका लागि प्रतिनिधिसभा सदस्य जुली महतोको सहभागिता रहेको रहेको महतोका स्वकीय सचिव संजीत मण्डलले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ