पूर्वराजा ज्ञानेन्द्र शाहको २ करोड कोरोना कोषमा हस्तान्तरण

समाचार

4/12/2020

काठमाडौं, ३० चैत । प्रधानमन्त्रीले स्थापना गरेको कोरोना रोकथाम, राहत तथा उपचार कोषमा दुई करोड रुपैयाँ सहयोग दिने घोषणा गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तान्तरण गरेका छन् ।

‘हिमानी कोषले श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट उपलब्ध २ करोड रुपैया प्रधानमन्त्रीले स्थापना गरेको कोरोना रोकथाम, राहत तथा उपचार कोषमा आज मितिः २०७६ चैत्र ३० गते रकम हस्तान्तरण गरेको छ ।’ हिमानी कोषले जनाएको छ ।

हिमानी कोषका कर्मचारीहरुमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईँले उक्त रकम बराबरको चेक बुझेका हुन् ।

हिमानी कोषले भनेको छ, ‘रकम हस्तान्तरण गर्दै हिमानी कोषले कोभिड १९ महामारीबाट नेपालीलाई बचाउन उक्त रकम सहि सदुपयोग होस् भन्ने हिमानी कोष र श्री ५ महाराजाधिराजको चाहना रहेको हिमानी कोषले जानकारी गराएको छ ।’

यो राहत रकम हस्तान्तरणसँगै कोषले आगामी दिनमा कोभिड १९ विरुद्ध नेपालीलाई राहत र सहयोगको कार्य जारी राख्ने प्रतिबद्धतासमेत जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ