विपन्न परिवारलाई खाद्यान्न वितरण

समाचार

6/2/2020

विराटनगर, २० जेठ । नेपाल खड्का समाजले रंगेलीमा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनले दैनिक हातमुख जोड्न मुस्किल परिरहेको अवस्थामा नेपाल खड्का समाजले अति आवश्यक रहेका ८ घरपरिवारलाई रंगेलीमा राहत वितरण गरेको हो ।

समाजले प्रत्येक परिवारलाई २५ केजी चामल ,३ केजी नुन ,५ केजी दाल, ५ केजी आलु गरेर प्रत्येक परिवारलाई ३ हजार बराबरको खाद्यान्न वितरण गरेको सुमन खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ