पूर्वसञ्चारमन्त्री बास्कोटाको घरमा बम विस्फोट

समाचार

3/10/2020

काठमाडौं, २८ फागुन । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको घरमा बिहानै शक्तिशाली बम विष्फोट भएको छ ।

बुधबार बिहान मनहरा फाँटस्थित पूर्वमन्त्री बास्कोटाको निर्माणाधीन घरको कम्पाउण्डमा बम विस्फोट भएको हो ।

बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुग्नुका साथै छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलाएको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ