पर्सामा थपिए ७५ कोरोना संक्रमित

समाचार

8/9/2020

वीरगन्ज, २५ साउन । कोरोना भाइरस (कोभिड–१९) को हटस्पट बनेको पर्सा जिल्लामा थप ७५ जना संक्रमित फेला परेका छन् ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये १५ जना महिला छन् । वीरगञ्ज–२ छपकैयाकी २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा छिन् ।

थपिएका संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेका ३० जना, आफैं जाँच गराएका १२ जना, वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी २ जना, क्वारेन्टिनमा बस्दै आएका ५ जना, जिल्ला प्रहरी कार्यालयका ९ जना प्रहरी, ज्वरो, रुघा, खोकीको लक्षण देखिएका ९ जना, पर्सागढी नगरपालिकाका ३ जना, नारायणी अस्पतालका कर्मचारी ३ जना र सर्लाहीका एकजना रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ