पर्सामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

समाचार

7/24/2020

वीरगञ्ज, ९ साउन । पर्सामा पाँच जना थुनुवासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए । नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

३० जना मध्ये एक जना ९ महिने बालक, वडा प्रहरी कार्यालय श्रपिुरमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका पाँच जना थुनुवा, वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का ३० वर्षका पुरुष र ४८ वर्षकी महिला, वडा नम्बर २९ की २५ वर्षीया किशोरी, छिपहरमाई गाउँपालिका ३ का २३ बर्षका पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ