पर्सामा थप ४३ जना संक्रमित

समाचार

8/6/2020

वीरगन्ज, २२ साउन । पर्सामा बिहीबार थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा नेपाली सेना, डाक्टर, बैंकका कर्मचारीसहित छन् ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिला र ३७ पुरुष गरी थप ४३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

बिहीबार संक्रमण पुष्टि हुनेमा वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका ५ र वीरगन्ज कारागारमा कार्यरत ७ गरी १२ जना छन् ।

यस्तै वीरगन्जकै नेपाल इन्भेस्टमेन्ट बैंकमा कार्यरत २८ बर्षका एक पुरुष कर्मचारी र नारायणी अस्पतालमा उपचाररत मृगौला रोगी वीरगन्ज –१० की ३५ बर्षिया महिला पनि संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या ७६२ पुगेको छ । साउन यता मात्रै ५९९ संंक्रमित थपिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ