वीरगन्ज, २६ साउन । कोरोना भाइरसको हट स्पट बनेको पर्सा जिल्लामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ६ जना महिला छन् । गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको वीरगञ्ज–१५ भेडियाहीकी ४५ वर्षीया महिला पनि संक्रमितको सूचीमा छिन् ।
योसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ हजार ५० पुगेको छ । आइतबार राति संक्रमण पुष्टि भएकामध्ये मगनुस फर्मामा कार्यरत ३६ र ४० वर्षीय पुरुष तथा ४८ वर्षीया महिला छन् ।
पर्साको पोखरिया नगरपालिका(१ का ५२ वर्षीय पुरुष, पोखरिया अस्पतालमा कार्यरत २५ वर्षीय चिकित्सक र २३ वर्षीय पुरुष तथा २२ वर्षीया महिला स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ ।
छाती दुखेर पीसीआर गराउन गएका वीरगञ्ज ओम आश्रम श्रीपुरका १८ वर्षीय युवक र ज्वरो आएर पीसीआर गराएका वीरगञ्ज(२ छपकैयाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
वीरगञ्ज रेल्वेरोड बस्ने ५० वर्षीय पुरुष, वीरगञ्ज(११ श्रीपुरका २२ र २७ वर्षीय पुरुष तथा ५० वर्षीया महिलामा कोरोना देखिएको छ ।
वीरगञ्ज(१२ का ३५र३५ वर्षका पुरुष र महिला तथा वीरगञ्ज(१६ नगवाका ५० वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २२, २९, २६ र ३५ वर्षीय पुरुषमा कोरोना देखिएको छ । बारा घर भई वीरगञ्जको नारायणी अस्पतालको मेडिकल वार्डमा कार्यरत २० वर्षीया युवतीमा समेत कोरोना देखिएको छ ।
तपाईको प्रतिक्रिया