पालिकालाई स्वास्थ्य सामग्री सहयोग

समाचार

6/5/2020

कपिलवस्तु, २३ जेठ । जिल्लामा १ सयभन्दा बढी कोरोना भाइरसबाट संक्रमित बनेको यशोधरा गाउँपालिका कपिलवस्तुलाई कपिलवस्तु संस्थागत विकास समिति तौलिहवाले कोरोनाको क्षेत्रमा अग्रपक्तिमा काम गर्ने पालिकाका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

संस्थाले स्वास्थ्यकर्मीका लागि ८ वटै स्वास्थ्य चौकीमा १,१ गरी ८ थान वटा पि.पि इ सेट, ८ वटा एन ९५ मास्क, ४०० थान सर्सिकल मास्क, ४०० थान नुहाउने साबुन, ४०० थान कपडा धुने साबुन, ४०० प्याकेट सर्फ, १६ थान सेनिटाइजर, ४०० थान ग्लोब्स सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष विश्वराज रेग्मीले यशोधरा गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयलाई गाउँपालिकाको कार्यालयमा पुगेर सामग्री हस्तान्तरण गरेका हुन् ।

कोरोना रोग नियन्त्रणका लागि संस्थाले उपलब्ध गराएका सामग्रीको सही सदुपयोग हुने र स्वास्थ्यकर्मीलाई काम गर्न सहयोग पुग्ने अध्यक्ष पाण्डेयले बताए ।

वितरण अवसरमा गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, स्वास्थ्य संयोजक ज्योती प्रकाश दुवे, कपिलवस्तु संस्थागत विकास समितिका कार्यक्रम संयोजक सुचेत शाक्य लगायतको उपस्थिती रहेको थियो ।

युनाइटेड मिसन टु नेपालको सहयोगमा गाउंपालिका संचालित कार्यक्रम अन्र्तरगत संस्थाले उक्त सहयोग गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ